CLI

मञ्जुश्री फाइनान्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । मञ्जुश्री फाइनान्सले लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ । फाइनान्सले असोज ३१ गते, शुक्रबार, थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँ बानेश्वरमा १८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले असोज २२ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

Leave Your Comment

Related News