काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा १ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी माहासंघका अनुसार सुन शुक्रबार तोलामा २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलाको २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा ५५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदी तोलाको २ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलाको २ हजार ६८५ रुपैयाँमा भएको थियो।

