गृह मन्त्रालयले भन्यो, “जेनजी आन्दोलनका क्रममा हराएका हातहतियार फेला पार्नेले प्रहरीलाई बुझाउनु”

काठमाडौं । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा हराएका हातहतियार कसैले फेला पारेमा सुरक्षा निकायलाई बुझाउन अनुरोध गरेको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा राजधानीलगायत मुलुकका विभिन्न भागबाट सुरक्षा निकायको साथमा रहेको हतियार र खरखजाना हराएको हुँदा फेला पार्नेले नजिकैको सुरक्षा निकायलाई बुझाउन भनेको हो ।

गृह मन्त्रालयको सूचनामा, “जेन जी ( Gen-Z) पुस्ताद्वारा मिति २०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाण्डौ लगायत मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हातहतियार र खरखजाना कहीं कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा २०८२ असोज मसान्तसम्म बुझाउनु अनुरोध गरिन्छ । यसरी सो मितिभित्र हातहतियार र खरखजाना बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने समेत सबैमा अनुरोध छ । सो मिति पश्चात् कोही कसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ” भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार