ओलीको आक्रोश-हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्दैनौं

काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारलाई देश जिम्मा लगाएर आफू विदेश नभाग्ने बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालले भक्तपुरको गुन्डुमा आयोजना गरेको ‘बडादसैंको अवसरका खुला भेटघाट’ कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘यो हाहुको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ? हामीले यो देश बनाउनुपर्नेछ । फेरि संवैधानिक मूलधारमा देशलाई ल्याउँछौं । शान्ति सुशासनमा फर्काउँछौं ।’

सत्ताच्युत भएपछि पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्की नेतृत्वको सरकार तोडफोड र आगजनीबाट बनेको बताए।

उनले भने, ‘यो सरकारले मैले बोलेका अभिव्यक्ति सार्वजनिक गरोस्। अरूको पनि ल्याओस्, जनताको बीचमा ल्याओस्, प्रहरी र कर्मचारीलाई दिएको निर्देशन र कामहरू बाहिर ल्याओस्। हामी कुनै षड्यन्त्र गर्दैनौँ। हामी सबै पारदर्शी ढङ्गबाट गर्छौँ।’

उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको जिकिर गरे। उनले थपे, ‘अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दै छु। के ठानेको छ। यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँरु के सोचेका छौँ? हामीले यो देश बनाउनुपर्नेछ। फेरि पनि हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार