काठमाडौं । यति एयरलाइन्सले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले उक्त प्रस्तावसहित असोज ३१ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, तिलगंगा, काठमाडौंमा दिउँसो ३ बजे सुरु हुनेछ । कम्पनीले सभामा प्रिमियम सहित आइपीओ बिक्री गर्ने प्रस्ताव पेश गर्नछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु रहनेछन् ।
यति एयरलाइन्सले प्रिमियम थप गरेर आइपीओ जारी गर्ने

