आरएसडिसी लघुवित्तको नगद लाभांश घोषणा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको सञ्चित नाफाबाट ८ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । राष्ट्र बैंकको स्वीकृत र साधारणसभाबाट पारित भएपश्चात लाभांश वितरण हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार