काठमाडौं । दशैँ मनाउन काठमाडौँबाट साढे ३ लाख मानिस आफ्नो गाउँघर फर्किएका छन् । घटस्थापनाको दिनदेखि आज आइतबार बिहान ६ बजेसम्म ५ लाख ५६ हजार ३३८ जनाले काठमाडौं छाडेर घर गएका हुन् ।
जसमध्ये पछिल्लो २४ घण्टामा मात्रै ८८ हजार ८९७ जना काठमााडौँबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनका अनुसार घटस्थापनाको दिन ४३ हजार मानिस काठमाडौँबाट घर फर्किएका थिए ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौँका विभिन्न नाका हुँदै उनीहरू घर गएका हुन् । यसरी घर जाँदा अनिवार्य टिकट काटन पनि उनले अनुरोध गरेका छन् । तर, गाडी वालाले धेरै भाडा लिएको खण्डमा प्रहरीलाई खबर गर्न पनि उनले भनेका छन् ।
उनले भने, ‘यात्रुले टिकट काटेर मात्र यात्रा गर्नुहुन अनुरोध गर्दछु, यदि तोकिएको मूल्य भन्दा धेरै बढी भाडा लिएको खण्डमा प्रहरीलाई खबर गर्न म सबै यात्रुहरूलाई अनुरोध गर्दछु ।’
यात्रुलाई सहजीकरण र गाडीहरुको अनुगमन गर्नका लागि ट्राफिकले उपत्यकाका विभिन्न १४ स्थानमा हेल्पडेक्स सञ्चालनमा ल्याएको पनि उनले जानकारी दिए । काठमाडौँको नयाँ बसपार्क, कलंकी, थानकोट नाका लगायतका स्थानमा हेल्पडेक्स राखिएको छ । यदि कसैलाई केही जानकारी लिनुपरेमा वा केही सहयोग चाहिएमा हेल्प डेक्समा सम्पर्क गर्नुपर्ने हुन्छ ।
बढी भाडा लिएको, गाडीहरुमा क्षमताभन्दा धेरै यात्रु राखिएको, लामो दुरीको गाडीमा २ जना चालक नराखिएको जस्ता अवस्थामा उक्त डेक्समा खबर गर्न पनि यात्रुलाई उनले अनुरोध गरे । यसका साथै, १०३ र १०० मा फोन गरेर पनि जानकारी दिन सकिन्छ । त्यसैगरी, सडकमा रहेका ट्राफिक प्रहरी र अन्य प्रहरीलाई पनि यसबारे जानकारी दिन सकिने उनले बताए ।
दशैंका मनाउनका लागि २० लाख मानिसले काठमाडौँ छोडने प्रहरीको अनुमान रहेको छ । तर, विभिन्न जिल्लाहरुमा वर्षा भइरहेको अवस्थामा पहिरोले बाढो अवरुद्ध गर्ने गरेको छ । यसले गर्दा यस वर्षको यात्रा सुखद नहुने पनि सरकारवालाहरुले अनुमान गरेका छन् ।

