CLI

कर्ण थापाले ओलीलाई गरे हिटलरसँग तुलनाः हावादारी गफले देश बन्दैन

काठमाडौं । नेकपा एमालेका नेता कर्णबहादुर थापाले अध्यक्ष केपी शर्मा ओलीलाई हिटलरसँग तुलना गर्दै हावादारी गफले देश नचल्ने टिप्पणी गरेका छन्।

जेनजी आन्दोलनपछि पनि पुरानै शैलीमा अभिव्यक्ति दिइरहेका ओलीलाई थापाले उडन्ते र हावादारी भन्दै टिप्पणी गरेका हुन्।

यसअघि ओलीले शनिबार भक्तपुरको गुण्डुस्थित निवासमा युवासंघले गरेको कार्यक्रमलाई सम्बोधन गद जेनजीको आन्दोलन र त्यसपछि बनेको अन्तरिम सरकारका विषयमा तुच्छ टिप्पणी गरेका थिए।

‘खास उमेर समूहको धम्कीले देश चल्दैन। उडन्ते र हावादारी गफले पनि देश बन्दैन। बोलीमा शीलताको स्वःबन्धन आवश्यक छ, अहिले’, थापाले लेखेका छन्, ‘संसार जित्न हिँडेको हिटलर आफैँले बनाएको बङ्करमा आत्महत्या गर्न बाध्य भएको पनि देखिएको हो।’

साथै, उनले नेपालको इतिहासमै सबैभन्दा शक्तिशाली भिमसेन थापा र जङ्गबहादुरको मृत्यु दुखद् प्रसङ्ग समेट्दै लेखेका छन्, ‘त्यसैले कुनै पनि किसिमको शक्तिको धाक नलगाऊ, सही विचारले मात्रै देश चल्छ, बन्छ र सबैका स्वीकार्य हुन्छ।’

Leave Your Comment

Related News