CLI

सागर डिस्टिलरीको आईपीओ बाँडफाँड

काठमाडौं । सागर डिस्टिलरी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान आईपीओ बाँडफाँड गरेको हो।

कम्पनीको आईपीओमा आवेदन दिएका मध्ये १ लाख १९ हजार ६४ जनाले आईपीओ पाएका छन् । २१ लाख ७ हजार ९८९ जनाको हात खालि हुने भएको छ।

कम्पनीको आईपीओमा २३ लाख ५२ हजार ४९३ जनाले आवेदन दिएका थिए। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो।

Leave Your Comment

Related News