दशैं बिदाको अन्तिम दिन बढ्यो शेयर बजार, घट्यो कारोबार

काठमाडौं । दशैं बिदाको अघिल्लो दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ११.५१ अंकले बढेर २६६३.५१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२२ अंकले बढेर ४६२.५० विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स १.१७ अंकले र सेन्सेटिभ इन्डेक्स १.१० अंकले बढेको हो ।

आइतबार ३१४ वटा कम्पनीको ७५ लाख ११ हजार १९३ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार २ अर्ब ९३ करोड ५९ लाख बराबर कारोबार भएको छ । जुन बिहीबारको तुलनामा ३२ करोड ४५ लाखले कम हो ।
बिहीबार ३२७ वटा कम्पनीको ७९ लाख ५३हजार ७४० कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ३ अर्ब २६ करोड ४ लाख पुगेको थियो ।

आइतबार ३९ हजार ८५९ पटक शेयर खरिद बिक्री भयो ।

आइतबार १७० वटा कम्पनीको शेयर मूल्य बढ्दा ६९ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १२ वटा कम्पनीको शेयर स्थिर रहेको छ ।
यस दिन १० वटा समूह बढ्दा ३ वटा समूह घटेको छ । बैंकिङ १२, विकास बैंक २८, वित्त २, जलविद्युत २४, लगानी ०.१५, जीवन बीमा १०२, उत्पादन र प्रशोधन ३८, लघुवित्त ३०, म्युअुचल फण्ड ०.१९, निर्जीवन बीमा ३७ अंकले बढ्दा होटल र पर्यटन १०, व्यापार ५० र अन्य समूह ३ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा युनियन हाइड्रोपवार लिमिटेड, नेपाल रिइन्स्योरेन्स, शिवम सिमेन्ट, एनएमबी बैंकको प्रामोटर शेयर र हिमालयन रिइन्स्योरेन्स रह्यो । युनियन हाइड्रोपवार लिमिटेडको २४ करोड ११ लाख, नेपाल रिइन्स्योरेन्सको ११ करोड, शिवम सिमेन्टको ८ करोड १८ लाख, एनएमबी बैंकको प्रामोटर शेयरको ८ करोड १३ लाख र हिमालयन रिइन्स्योरेन्सको ७ करोड ७८ लाख बराबर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार