CLI

चाडपर्वमा कुनै किसिमको उपहार नलिनू : रास्वपा 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेताहरूलाई चाडपर्वमा शुभकामनाबाहेक अरु कुनै किसिमको उपहार नलिन निर्देशन दिएको छ । रास्वपा प्रवक्ता मनिष झाले सोमबार नेताहरूलाई उपहार नलिन निर्देशन दिइएको जानकारी दिएका हुन् ।

साथै रास्वपाले आफ्ना पूर्व सांसदहरूलाई रातो पासपोर्ट र सांसदको परिचयपत्र पनि संसद सचिवालयमा बुझाउन अनुरोध गरेको छ । प्रवक्ता झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’राष्ट्रिय स्वतन्त्र पार्टीको सबै तहका नेताहरूले चाडपर्वका दौरान शुभकामना पत्रहरूबाहेक कुनै किसिमको उपहार स्वीकार नगर्न निर्देशन जारी गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसदहरूले यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन अनुरोध गरिन्छ ।’

रास्वपाले जेन–जी आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएपछि राष्ट्र शोकमा रहेको भन्दै पार्टीको ब्यानर तथा झन्डामा कुनै किसिमको कार्यक्रम आयोजना नगर्ने पनि स्पष्ट पारेको छ ।

Leave Your Comment

Related News