काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज सबैका लागि खुला गरिएको छ । तलेजु मन्दिर वर्षमा एक पटक अर्थात आश्विन शुक्ल नवमीका दिन मात्र सबैका लागि खुला गरिन्छ ।
नवरात्रको अन्तिम दिन अर्थात् महानवमीको दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर दर्शन तथा पूजाअर्चनाका लागि भक्तजनहरु बिहानैदेखि भिड लागेको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूल चोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने चलन छ ।

