कोशी ब्यारेज हुँदै चल्ने सवारीका साधन सञ्चालमा रोक

काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दै गएको छ । शनिवार साँझबाट बढ्न थालेको पानीको बहावले खतराको तह भन्दा धेरै माथि पुगेको  छ । त्यसैले, अहिले ब्यारेज हुँदै चल्ने सवारीका साधन सञ्चालमा रोक लगाइएको छ ।

कोशी ब्यारेजमा मापन गरिए अनुसार सप्तकोशीमा अहिले ४ लाख ८६ हजार ७६० क्युसेक पानी प्रति सेकेन्ड बगिरहेको छ । पहाडी जिल्लाहरूमा निरन्तर पानी परिरहेकाले पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ पानीको बहाव बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार