काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले दक्षिण ललितपुरलगायत ग्रामीण क्षेत्रमा पोल ढल्दा बिजुली अवरुद्ध भएको बताएका छन् । उनले मर्मत टोली खटाइसकेकाले सबैतिर बिजुली बल्ने दाबी गरे । ‘केही टावरहरूमा क्षति भएको छ, वितरणलाइनमा पनि क्षति पुगेको छ,’ उनले भने, ‘मर्मत टोली खटाएर अवरुद्ध भएको ठाउँमा विद्युत् फेरि सुरु गर्ने काम भइरहेको छ ।’ चाडपर्वमा कम बिजुली खपत हुने भन्दै निर्यात नै भइरहेको समेत उनले बताए ।
‘मर्मत टोली खटाएर अवरुद्ध भएको ठाउँमा विद्युत फेरि सुरु गर्ने काम भइरहेको छ : कुलमान घिसिङ

