CLI

मनसुन कमजोर हुँदै

काठमाडौं । बंगालको खाडीबाट बनेको न्यून चापीय प्रणालीका कारण असोज १७ देखि १९ गते बिहानसम्म देशभर मनसुन सक्रिय रहँदा मधेश, बागमती र कोशी प्रदेशमा भारीदेखि अति भारी वर्षा मापन गरिएको छ।

रौतहटको महेशपुरमा ३५८ मि.मि. र इलामको हिमाली गाउँमा ३३२.६ मि.मि. वर्षा रेकर्ड भएको छ। कुल २९५ मापन केन्द्रमध्ये १८६ मा वर्षा भएको र ५ केन्द्रमा ३०० मि.मि. भन्दा बढी वर्षा मापन गरिएको छ।

लगातार वर्षाका कारण बागमती, कोशी, कमला, लालबकैया लगायतका नदीहरूको जलसतह खतरा तह नाघेको थियो, यद्यपि अहिले ती नदीहरूको बहाव घट्दो क्रममा छ।

मौसम विभागका अनुसार न्यून चापीय प्रणाली नेपालबाट सरेपछि मनसुन कमजोर हुँदै गएको र मौसममा सुधार देखिन थालेको छ। तर कोशी र सहायक नदी तटीय क्षेत्रमा असोज २० गतेसम्म सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Leave Your Comment

Related News