इनरुवा । अविरल वर्षा राकिएसँगै सप्तकोशी नदीको वहाव घटेको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको वहाव रहेको छ । गएराति पानीको वहाव पाँच लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो । रातिदेखि नै वर्षाकम भएसँगै सो नदीमा पानीको वहाव घट्दो क्रममा रहेको उनले बताए । अहिले कोशी ब्यारेजको ५६ गेट (ढोका) खोलिएका उनले बताएका छन् । आइतबार बिहान नदीमा पानीको वहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो भण्डासमेत फहराइएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
-
सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’
-
लुम्बिनी प्लेअफमा प्रवेश, जनकपुर बाहिरियो
-
कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
-
भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन
-
भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की
-
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

