सुनको मूल्यले बनायो किर्तिमानी रेकर्ड

काठमाडौं । आज सोमबार पनि सुनको मूल्यले ऐतिहासिक उचाईमा कायम गरेको छ । आइतबार एकैदिन तोलामा ७ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ हजार ५ सय रुपैयाँले बढेर २ लाख ३३ हजार १ सय रुपैयाँ पुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ९९ हजार ८ सय ४५ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज तोकिएको सुनकोमूल्य हालसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेर २ हजार ९ सय ६० रुपैयाँ पुगको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ५ सय ३८ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा तोकिएको चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार