CLI

सूर्यज्योति लाइफ इन्स्योरेन्सले दियो भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा एक करोड पचास लाख

काठमाडौं । गत भाद्र २३ र २४ गते भएको आन्दोलनको कारण भएको आगजनी तोडफोड पश्चातत ध्वङ्स भएका संरचना निर्माण गर्न नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एक करोड पचास लाख रुपयाँ जम्मा गरेको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले २०८२असोज २१गते मंगलबारका दिन अर्थमन्त्री रामेश्वर खनाललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्  ।

Leave Your Comment

Related News