२३ सय रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य २ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी माहासंघका अनुसार सुन मंगलबार तोलामा २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलाको २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ९६० रुपैयाँ कायम भएको छ । सोमबार सोही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार