विकास ऋणपत्रमार्फत सरकारले १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै

काठमाडौं । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । सो ऋणपत्रको परिपक्व अवधि सात वर्ष रहेको छ । उक्त ऋणपत्रलाई ‘विकास ऋणपत्र–२०८९’ (NPDB07072089) नाम दिइएको छ ।

ऋणपत्र बोलकबोलमार्फत जारी गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले असोज २२ गते बुधबार दिउँसो ३ बजेसम्म बोलकबोलमा भाग लिन सक्नेछन् । बोलकबोल अनलाइन प्रणालीमार्फत पेस गर्नुपर्नेछ ।

ऋणपत्रको सावाँ भुक्तानी २०८९ असोज २३ गते हुने छ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ । त्यस्तो ब्याजमा आयकर लाग्नेछ । यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन र दिन सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार