काठमाडौं । दशैं बिदा पछि खुलेको शेयर बजार लगातार दुई दिन घटेको छ ।
बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९.५९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.१५ अंकले घटेर ४४६.४७ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स ३.४१ अंकले र सेन्सेटिभ इन्डेक्स ३.०४ अंकले घटेको हो ।
शेयर बजारमा बुधबार ३३५ वटा कम्पनीको ६३ हजार ५०९ पटकको कारोबारमा १ करोड ३७ लाख ४९ हजार ५०४ कित्ता शेयर खरीद बिक्री भए । सोही खरीद बिक्रीको आधारमा कारोबार रकम ५ अर्ब ७६ करोड २७ लाख पुगेको छ । जुन मंगलबारको तुलनामा १ अर्ब १३ करोड ३७ लाखले बढी हो ।
शेयर बजारमा मंगलबार ३२६ वटा कम्पनीहरुको ५५ हजार ४५० पटकको कारोबारमा ४ १ करोड ३ लाख ४५ हजार ९०३ कित्ता शेयर खरिद बिक्री भएका थिए । सोही खरिद बिक्रीका आधारमा मंगलबार कारोबार रकम ४ अर्ब ६२ करोड ९० लाख पुगेको थियो ।
बुधबार १८ वटा कम्पनीको शेयर मूल्य बढ्दा २३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर स्थिर रहेको छ ।
यस दिन १३ वटै समूह घटेको छ । बैंकिङ २१, विकास बैंक १२८, वित्त ७३, होटल र पर्यटन १९२, जलविद्युत ७९, लगानी २, जीवन बीमा २०६, उत्पादन र प्रशोधन ७७, लघुवित्त ९४, म्युअुचल फण्ड ०.१८, निर्जीवन बीमा २२६, व्यापार १६ र अन्य समूह २९ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्योरेन्स, युनियन हाइड्रोपवार लिमिटेड, सिनर्जी पावर डेभ्लपमेन्ट लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट र हिमालयन रिइन्स्योरेन्स रह्यो ।
नेपाल रिइन्स्योरेन्सको २६ करोड १६ लाख, युनियन हाइड्रोपवार लिमिटेडको २४ करोड ४९ लाख, सिनर्जी पावर डेभ्लपमेन्ट लिमिटेडको २२ करोड ५० लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्टको १८ करोड ८० लाख र हिमालयन रिइन्स्योरेन्सको १७ करोड ७१ लाख बराबर कारोबार भयो ।

