काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनको स्वागत गर्दै कार्यान्वयनका लागि जोडदार माग गरेको छ । अर्थमन्त्री रामेश्वर खनालको निर्देशनका गठित कार्यदलले बुझाएको उक्त प्रतिवेदनको स्वागत गर्दै तत्काल कार्यान्वनका लागि सम्बद्ध निकायसँग माग गरेको हो ।
अर्थमन्त्री खनालनको निर्देशनका धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा पुँजीबजार सुधारका लागि सुझाव दिन कार्यदलन गठन गरिएको थियो ।
उक्त कार्यदलले प्रतिवेदन बुझाएसँगै अर्थमन्त्री खनालले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगायत निकायलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयले उक्त निर्देशन दिएसँगै एसबानले पनि पुँजी बजार सुधारका लागि आवश्यक व्यवस्थाहरु तत्काल कार्यान्वयनमा लैजान माग गरेको हो ।
अर्थमन्त्रीमा खनाल नियुक्त भएसँगै उनले पुँजी बजारको दिगो विकास र सुधारका लागि जसरी अग्रसरतार देखाए त्यसले नेपालको पुँजी बजार सुधारमा कोशेढुंगा सावित हुने स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकालले जानकारी दिए ।

