CLI

आन्दोलनका क्रममा भएका क्षतिको २३ अर्ब २२ करोड बीमा दावी १ अर्ब २९ करोड १९ लाख भुक्तानी

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन जी  नेतृत्वको आन्दोलनका क्रममा भएका भौतिक संरचना सहित अन्य सम्पतिको  बुधबार असोज २२ गते सम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी करिव २३ अर्ब २२ करोड ८७ लाख माग दावी आएको  छ  ।

नेपालका  १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ९९ वटा बीमा दाबीको करिव २३ अर्ब २२ करोड ८७ लाख दाबी रकम रहेको तथ्यांक निर्जीवन बीमा कम्पनीले नेपाल बीमा  प्राधिकरणमा पठाएको रिपोर्टमा उल्लेख रहेको छ  ।

निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल दाबी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव १ अर्ब २९ करोड १९ लाख भुक्तानी भएको छ ।

निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा २ हजार ७०६ को संख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३७४ को संख्यामा सर्भे प्रतिवेदन पेश गरेको जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।

Leave Your Comment

Related News