इजरायल र हमासबीच गाजा शान्ति सम्झौताको पहिलो चरणमा सहमति भएको ट्रम्पको घोषणा

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले इजरायल र हमासले अमेरिकाको प्रस्तावित गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको घोषणा गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत प्रकाशित वक्तव्यमा यस सम्झौताअनुसार सबै बन्धकहरू छिट्टै मुक्त गरिने बताए । उनले यसलाई बलियो, दीगो र स्थायी शान्तिको पहिलो कदम भनेर वर्णन गरेका छन्।

“सबै पक्षहरूलाई निष्पक्ष व्यवहार गरिनेछ” यो अरब र मुस्लिम विश्व, इजरायल, सबै छिमेकी मुलुक र संयुक्त राज्य अमेरिकाका लागि एक महान् दिन हो,” ट्रम्पले भनेका छन्। उनले यो सम्झौता सम्भव बनाउन सहयोग गर्ने कतार, इजिप्ट र टर्कीका मध्यस्थहरू प्रती आभार प्रकट गर्दै यस घटनालाई “ऐतिहासिक र अभूतपूर्व” भनेका छन्।

ट्रम्पले यसलाई गाजामा जारी द्वन्द्व अन्त्यतर्फको पहिलो ठूलो कदमको रूपमा चित्रण गरेका छन्। तर, बन्धक मुक्ति र सेनाको फिर्ताबारे ठ्याक्कै मिति तथा प्रक्रिया भने अझै सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार