पाँचथर पावर र पञ्चकन्या माईको आयोजनाबाट विद्युत उत्पादन पुनः सूचारु

काठमाडौं । पाँचथर पावर कम्पनीको जलविद्युत आयोजनाबाट विदयुत उत्पादन पुनः सुरु भएको छ । यस कम्पनीले सञ्चालन गरेको हेवा खोलामा रहेको आयोजना (१४.९ मे.वा) असोज १८ गतेको बाढीका कारण बन्द भएको थियो । अहिले मर्मत पश्चात असोज २१ गते बेलुका सभा ४ बजेबाट प्लान्ट पुनः संचालनमा आएको कम्पनीले जनाएको छ ।

यता, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड द्वारा इलाम जिल्लामा प्रबर्द्धन गरिएको दुई आयोजनामध्ये माई सि जलविद्युत आयोजना पनि पुनःसुरु भएको छ । यस कम्पनीले सञ्चालन गरेको माई खोलामा रहेको माई सि जलविद्युत आयोजना (५.१ मे.वा) असोज १८ गतेको बाढीका कारण बन्द भएको थियो ।

अहिले मर्मत पश्चात असोज २३ गते विहान ९.३५ बजेबाट बजेबाट प्लान्ट पुनः संचालनमा आएको कम्पनीले जनाएको छ । साथै, अप्पर माई जलविद्युत आयोजना (९.९८ मे.वा.) मर्मत चलिरहेको र दुई तिन दिन भित्र प्लान्ट संचालनमा आउन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार