काठमाडौं । नेप्से सूचक साताको अन्तिम कारोबार दिन अर्थात, बिहीबार २२.५९ अंकले बढेर बन्द भएको छ । कारोबार सुरु भएको ३ मिनेटमा पहिलो सर्किट लागेर २० मिनेटसम्म हल्ट भएको बजार त्यसपछि भने निरन्तर जस्तो घट्न सुरु गरेको थियो ।
बजार १०२ अंकसम्मले बढेको थियो । तर, बिक्रेता हावी भएपछि मार्केटमा दबाब शृजना भएको जानकारहरु बताउँछन् । नाफा बुक गर्नेहरुले सेयर बिक्री बढाएको कारण सूचकमा दबाब परेको उनीहरुको भनाई छ ।
आज सेयर बजार २२.५९ अंकले बढेर २५८२.१८ विन्दुमा पुगेको छ । यस दिन ५ अर्ब २७ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । नेपाल स्टकक एक्सचेन्जका अनुसार ३१३ वटा स्क्रिप्टको कारोबार भएको छ । जसमध्ये २०० वटाको भाउ बढेको छ भने ४१ वटाको घटेको छ ।
यस दिन १२ वटा समूह बढेको र १ वटा घटेको छ । वाणिज्य बैंक १५, विकास बैंक ५९.२६, वित्त २८.७, होटल पर्यटन ५७ , जलविद्युत ३२ , लगानी २, जीवन बीमा १६१, उत्पादन र प्रशोधन ७४, अन्य समूह ५.४६ लघुवित्त०.३, निर्जीवन बीमा १०० बढेको हो। व्यापार ५६.२३ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा शिवम सिमेन्ट्स लिमिटेड , यूनिभर्सल पावर कम्पनी , हिमालयन रिइन्स्योरेन्स लिमिटेड ,नेपाल रिइन्स्योरेन्स र हिमालयन डिस्टिलरी लिमिटेड रह्यो । शिवम सिमेन्ट्स लिमिटेड २७ करोड ३४ लाख , यूनिभर्सल पावर कम्पनी २७ करोड १२ लाख, हिमालयन रिइन्स्योरेन्स लिमिटेड २० करोड ९३ लाख, नेपाल रिइन्स्योरेन्स २० करोड ७ लाख र हिमालयन डिस्टिलरी लिमिटेड १ करोड ६७ लाखको बराबर कारोबार भएको छ ।

