काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी, चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला ३ हजार १२५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको भाउ २ लाख ३५ हजार र चाँदीको भाउ ३ हजार ८५ रुपैयाँ थियो ।


