बैंकिङ प्रणालीमाअधिक तरलता ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले ७ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो ।

राष्ट्र बैंकले सातामा २ पटक आइतबार र बुधबार निक्षेप संकलन मार्फत बैंकिङ प्रणालीबाट पैसा तान्दै आएको छ।

राष्ट्र बैंकका अनुसार आज असोज २६ गते ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान  रकम गर्न पाउने व्यवस्था गरिएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क“, “ख“ र “ग“ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकत क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ । निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकस्थित खातामा जम्मा गरिनेछ।संकलित निक्षेपको सावा ब्याज भुक्तानि  कात्तिक २ गतेलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार