बाराही हाइड्रोपावरको साधारण सभा कात्तिक २० गते, सेयरधनीलाई छैन लाभांश

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको साधारण सभा कात्तिक २० गते हुने भएको छ । सभा डोलेश्वर भिलेज रिसोर्ट, सुर्यविनायक, भक्तपुरमा बिहान १२:१५ बजे सुरु हुनेछ।

कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन। सभामा कम्पानीले हकप्रदबाट प्राप्त रकमको उपयोग गर्ने र हकप्रद जारी गर्ने क्रममा आईपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने भएको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार कात्तिक ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले  साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार