काठमाडौं । सोर्स कोड प्रालिले आफ्नो Stock Analysis Software (SAS) को iOS संस्करणमा मोबाइल एप सार्वजनिक गरेको छ । यो एक बजार विश्लेषण तथा स्वचालित पोर्टफोलियो व्यवस्थापन सफ्टवेयर हो । जसमा नेपालभरका ब्रोकरहरुले विश्वास गरेका छन् । iOS एपको शुरुवातसँगै कम्पनीले एन्ड्रोइड एपको ठूलो अपडेट पनि जारी गरेको कम्पनीले जनाएको छ ।
लामो समयदेखि प्रतीक्षित iOS एपले ब्रोकर र लगानीकर्ताहरुलाई उन्नत स्टक विश्लेषण र पोर्टफोलियो ट्र्याकिङ उपकरणहरु प्रयोग गर्ने सुविधा प्रदान गर्ने कम्पनीको भनाई छ ।
Source Code Pvt. Ltd. का सीईओ अमोद भट्टाराईले भने, “हाम्रो लक्ष्य ब्रोकर र लगानीकर्तालाई डेटा आधारित अन्तर्दृष्टिबाट सशक्त बनाउने हो, जसले निर्णय–प्रक्रियालाई सरल बनाउँछ । नयाँ iOS संस्करण र सुधारिएको एन्ड्रोइड एपले यस दृष्टिकोणलाई अझ अगाडि बढाएको छ । यसले प्रयोगकर्ताहरुलाई सबै उपकरणहरुमा रियल-टाइममा डाटा पहुँच उपलब्ध गराउँछ ।”
SAS मोबाइल एपका मुख्य विशेषताहरु:
व्यापक पोर्टफोलियो ट्र्याकिङ र क्लाइन्ट एनालिटिक्स
रियल-टाइम बजार डेटा र उन्नत विश्लेषण उपकरण
iOS र एन्ड्रोइड दुवैमा अनुकूलित प्रयोगकर्ता अनुभव
नयाँ एन्ड्रोइड अपडेटले अझ तीव्र प्रदर्शन, सुधारिएको नेभिगेसनलगायतका सुविधा ल्याएको छ । जसले एपलाई ब्रोकर र उनीहरुको ग्राहकका लागि अझ शक्तिशाली र विश्वसनीय बनाएको छ । कम्पनीका अनुसार iOS र एन्ड्रोइड दुवै संस्करणहरु App Store र Google Play Store मा डाउनलोडका लागि उपलब्ध छन् ।

