काठमाडौं । एसियन कंक्रिटो लिमिटेडले आइपीओ प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । सभा कात्तिक १९ गते कम्पनीको कार्यालय, रामग्राम, नवलपरासीमा दिउँसो साढे १२ बजे सुरु हुनेछ ।
कम्पनीले सभामा प्रिमियमसहित आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु पनि रहनेछन् ।

