काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल (इपान) ले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई सरकारले तत्काल पदबाट हटाउने पर्ने बताएको छ ।
उपमहासविच प्रकाशचन्द्र दुलालले सेबोनका अध्यक्ष श्रेष्ठले पैसा उठाउने प्रयास गरेको भन्दै सरकारले तत्काललाई उनलाई हटाउनुपर्ने बताए ।
उनले एजेन्ट लगाएर सेबोनका अधिकारीहरुले पैसा माग गरेको हुँदा वर्तमान सरकारले सेबोनको अध्यक्षलाई वर्खास्त गर्नुपर्ने बताए । उनले अघि भने सेबोनका अधिकारीहरु फेरि एजेन्ट पठाउनका लागि पर्खरे बसेका छन् ।
दुलालले व्यवसायीहरु सँगै पैसा माग गरेको कारण सेबोनको अध्यक्षले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताए । अब हामीलाई नै सेबोनलाई तह लाउनुपर्ने भने हामीसँग एजेन्ट पठाएर कमिसन माग गर्ने काम उचित होइन, उनले भने ।
उनले सेबोनको कारणले स्थानीयलाई शेयर दिन नपाएको समेत बताए ।
बुधबार काठमाडौंमा इपानले गरेको शेयर निष्कासन तथा व्यवस्थापन बारे इपानका अधिकारीहरुले शेयरमा भएका समस्याको बारेमा जानकारी गराउने क्रममा सो कुरा भनिएको हो ।
इपानका अध्यक्ष गणेश कार्कीले सेबोनका कारण प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) जारी गर्न समस्या भएको बताए । ‘२०८० जेठदेखि अहिलेसम्म आइपीओ जारी गर्न पाएको छैन
नयाँ अध्यक्ष आएको १० महिना भयो । धेरै काम गर्न सकिन्थ्यो तर आइपीओ जारी गर्न नपाउँदा धेरै काम रोकियो ,’ उनले भने ।
उनले हकप्रद शेयर र आइपीकोको लागि ५० वटा कम्पनीहरु पखाईमा रहेको समेत बताए । सेबोनका अधिकारीहरुले आइपीओ निष्कासनको तयारीमा रहेका छ सात वटा कम्पनीहरु लिस्टङबाट समेत हटाइएको उनले दाबी गरे । ‘आइपीओ प्रक्रिया अघि बढाउनका लागि टेबुलमा पुगेको फाइलन नै हेरिएको छैन , फाइल प्रक्रिया अघि बढाए पनि बीचमा नै रोकेको पाइएका छौ ,’ उनले भने ,‘ २० करोड भन्दा कम लागतमा बनेको आयोजनाहरु रहेको छ तर हटाइयो ।’

