भदौसम्म डेढ खर्ब रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह

काठमाडौं । चालु आर्थिक वर्षको २ महिना अर्थात, भदौसम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ४५ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असारको तुलनामा भदौ महिनामा उक्त कर्जा करिब ५ अर्ब रुपैयाँले बढेको हो ।

गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका थिए । राष्ट्र बैंकका अनुसार १ करोड माथिको कर्जा मात्रै १ खर्ब २ अर्ब रुपैयाँ भन्दा धेरै पुगेको छ ।  यस्तै, ५० लाखदेखि १ करोडसम्मको सेयरधितो कर्जा १७ अर्ब ९० करोड रुपैयाँ प्रवाह भएको छ । यसअवधिसम्म २५ लाखदेखि ५० लाखसम्मको कर्जा बापत १७ अर्ब २६ करोड रुपैयाँ प्रवाह भएको छ ।

तथ्यांक अनुसार सेयरधितो कर्जा प्रवाह बढेको छ । यसले सेयरबजारमा लगानीकर्ताको आकर्षण बढेको देखाउँछ । त्यस्तै, आगामी दिन बजारमा सेयरको माग बढ्ने र मार्केटमा सकारात्मक माहोल देखिने अनुमान गरिएको छ । सेयरधितो कर्जाको माग प्रत्यक वर्ष बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार