नेपाल तेस्रो पटक टी–२० विश्वकपमा छनोट

काठमाडौं । नेपाल तेस्रो पटक आईसीसी टी–२० विश्वकपमा छनोट भएको छ । आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर–सिक्समा आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सामोआलाई हराएसँगै नेपाल शीर्ष ३ मा पर्ने पक्का भएर विश्वकपमा छनोट भएको हो ।

नेपाल यसअघि सन् २०१४ र २०२४ को विश्वकपमा छनोट भएको थियो । नेपालसँगै घरेलु टोली ओमान पनि विश्वकपमा छनोट भएको छ । नेपाल र ओमान दुवै टोली आफ्नो २ खेलअघि नै विश्वकपमा छनोट भएका हुन् । अब एउटा टोली छनोट हुन बाँकी छ । सुपर–सिक्समा नेपाल र ओमानको समान ६ अङ्क छ । नेट रन रेटका आधारमा ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा छ । सुपर–सिक्समा नेपालले अहिले ओमानसँग खेलिरहेको छ । नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार