एकै दिनमा २ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बिहीबार प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदीको मूल्यमा ३५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार २७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार चाँदीको मूल्य ३ हजार २४० रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार