काठमाडौं । रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समिति बैठकले लाभांश दिने निर्णय गरेको हो । संस्थाले लाभांश प्रस्ताव पेश गर्न साधारण सभा पनि बोलाएको छ । सभा कात्तिक ३० गते कम्पनीको कार्यालय, पुतलीसडक, काठमाडौंमा दिउँसो साढे १२ बजे सुरु हुनेछ ।
कम्पनीले सभामा ६० प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु पनि रहनेछन् ।

