साताको अन्तिम कारोबार दिन १८.४० अंकले घट्यो नेप्से सूचक, बैंकिङ समूहमा भने वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात, बिहीबार नेप्स परिसूचक १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा झरेर बन्द भएको छ  । यसदिन ३११ वटा कम्पानीको ७६ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने ३ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

यसदिन ११ वटा समूह घटेका छन् भने २ समूह बढेका छन् । विकास बैंक १.१५ प्रतिशत , वित्त १.२०,  होटल्स तथा पर्यटन ०.५२,  जलविद्युत १.०३,  लगानी ०.४९ , जीवन बिमा ०.८३,  उत्पादन तथा प्रशोधन र  लघुवित्त ०.७३,  निर्जीवन बीमा ०.५३,  अन्य समूह २.२१ प्रतिशतले घटेको छ । यता, वाणिज्य बैंक ०.०२ र म्युचुअल फण्ड समूह ०.२१ प्रतिशतले बढेको छ ।

यसदिन सबैभन्दा धेरै भाउ बढने कम्पनीमा हिमालयन पावर पार्टनर परेको छ । त्यसपछि  कालिका लघुवित्त,  इन्फिनिटी लघुवित्त वित्तीय संस्था,  सगरमाथा लुम्बिनी इन्स्योरेन्स र एमबीएल इक्विटी फण्ड पनि बढेक छन् ।

हिमालयन पावर पार्टनर ९.९३ प्रतिशत,  कालिका लघुवित्त ५.६९,  इन्फिनिटी लघुवित्त वित्तीय संस्था ३.८९,  सगरमाथा लुम्बिनी इन्स्योरेन्स ३.७९ र एमबीएल इक्विटी फण्ड २.७२ प्रतिशतले  बढेको छ । यसदिन सबैभन्दा धेरै भाउ घटनेमा समाज लघुवित्त अगाडि छ । यस संस्थाको सेयर भाउ १० प्रतिशतले घटेको छ । त्यस्तै, युनिक नेपाल ७.३३, समता घटेलु ६.२५, अपर स्याङ्गे  र नेपाल पुनर्बिमा क्रमशः ४.८७ र ४.२१ प्रतिशतले घटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार