करेन्ट लाग्दा माछा मार्ने व्यक्तिको मृत्यु

झापा । यहाँस्थित मेचिनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा आज एक जनाको मृत्यु भएको छ । स्थानीय ४२ वर्षीय सन्तोष लिम्बू घर नजिकै रहेको टिमाई नहर (कुलो) मा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागी बेहोस भएका थिए ।

उनको उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली खटिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार