सुनचाँदीको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार  नेपाली बजारमा सुनको मूल्यमा ७  हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदीको मूल्यमा ७५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।  बिहीबार चाँदीको मूल्य ३ हजार ३५० रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार