काठमाडौं । नेपाल आयल निगमले तिहारको बिदामा समेत आफ्ना डिपोहरू खुलै राख्ने भएको छ ।
निगमले शुक्रबार एक सूचना जारी गर्दै खुला रहने डिपोबारे जानकारी गराएको छ । ६ कात्तिकका दिन यस वर्ष भाइटिका परेको छ । निगमका अनुसार कोशी प्रादेशिक कार्यालय विराटनगर ४ र ७ कात्तिकका दिन खुला हुने भएको छ । मधेश प्रदेश कार्यालय अमलेखगन्ज ३, ४ र ८ गते खुलै रहने निगमले जनाएको छ ।
बागमती प्रादेशिक कार्यालय थानकोट ४ र ७ कात्तिकका दिन खुला रहने छ । गण्डकी प्रादेशिक कार्यालय पोखरा ३, ५ र ८ गते खुलै रहने छ । भैरहवा ३, ४ र ८ गते, सुर्खेत ४ र ७ गते, धनगढी डिपो ४ र ७ गतेका दिन खुलै रहने छन् ।
निगमका अनुसार चारआली ७ र ८ कात्तिक, धनुषा ५ र ७, नेपालगन्ज ४ र ८, वीरगन्ज ३, ४ र ८, दाङ ४ र ८ तथा दिपायल डिपो ८ कात्तिकका दिन खुला रहने छ ।

