CLI

मोहन वैद्यले महासचिवबाट दिए राजीनामा

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट राजीनामा दिएका छन्।

शनिबार राति सम्पन्न भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले किरणले दिएको राजीनामा स्वीकृत गरेको नेता हुकुम सिंहले जानकारी दिए।

स्वास्थ्यका कारण देखाउँदै महासचिव वैद्यले राजीनामा दिएको उनको भनाइ छ। नयाँ महासचिवमा वरिष्ठ नेता चन्द्रप्रकाश (सीपी) गजुरेललाई नियुक्त गरिएको छ।

Leave Your Comment

Related News