काठमाडौं । जेन–जी आन्दोलनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएर भक्तपुरको गुण्डुमा बस्दै आएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरूसँग संवाद गर्दै छन् ।
अध्यक्ष ओलीले आज दिउँसो १ बजे कोटेश्वरस्थित होटल ए वान भेन्युमा सम्पादकहरूसँग संवाद गर्न लागेका हुन् ।
गत २४ भदौमा बालुवाटारबाट राजीनामा दिएका ओलीले पहिलोपटक सम्पादकहरूसँग संवाद गर्न लागेका हुन् । उनले पछिल्ला दिनहरूमा पार्टीका कार्यक्रमहरूमार्फत राजनीतिक सक्रियता देखाउँदै आएका छन् ।

