काठमाडौं । स्वास्थ्य मन्त्रालयका अतिरिक्त पूर्व सचिव डा. संगिता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मिश्रासहितले स्वास्थ्य उपकरणमा घोटाला गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले मिश्रासहित १५ जनालाई १४ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ ।
जेनजी आन्दोलन पछि सुशीला कार्की नेतृत्वको सरकारले मिश्रलाई स्वास्थ्इ मन्त्री बनाउने तयारी गरेको थियो तर अख्तियारले अनुसन्धान अघि बढाएको भन्दै उनको नाम मन्त्री पदबाट काटिएको थियो ।
मेडिकल उपकरण खरिदलगायत फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनकै क्रममा रहेकाले स्वास्थ्य मन्त्रीमा सिफारिस भए पनि डा.मिश्राको नाम काटिएको थियो ।
१२औँ तहकी अतिरिक्त सचिव डा. मिश्रा जेनजी आन्दोलनका कारण सरकार ढलेसँगै स्वास्थ्य मन्त्रीबाट प्रदीप पौडेल हटेपछि मन्त्रालयमा हाजिर भएकी थिइन् । फागुन २१ मा स्वास्थ्य मन्त्रालयका सचिवमा डा. विकास देवकोटालाई ‘वरिष्ठता मिचेर’ नियुक्त गरेपछि डा. मिश्रा निरन्तर बिदा थप्दै बसेकी थिइन् । मिश्राले स्वास्थ्य सचिवमा डा.देवकोटालाई नियुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेकी थिइन् ।
हेर्नुहोस् पूर्णपाठ
विषय: स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासमेत १४ जना उपर स्वास्थ्य सेवा विभागको Mammography Machine खरिद को क्रममा लागत अनुमान तयार गर्दा देखिनै मिलेमतो गरी ठेकेदार कम्पनीलाई सम्झौताको शर्त बमोजिमको सम्पूर्ण सामाग्री प्राप्त नै नभएको अवस्थामा बदनियत राखी सम्पूर्ण सामाग्री आएको भनी गलत Post Shipment Inspection(PDI) Report, गलत दाखिला प्रतिवेदन, झुट्टा बिल बिजक लगायत तयार गरी गराई भुक्तानी दिई लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
स्वास्थ्य सेवा विभागले आ.व. २०८०।081 मा खरिद गरेको म्यामोग्राफी मेसिनको खरिद प्रकृयामा अनियमितता गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको उजुरीका सम्वन्धमा अनुसन्धान हुँदा स्वास्थ्य सेवा विभागको ठेक्का नं. RFB No. DOHS/G/NCB-18/IDA/2080-81, Procurement Of Mammography Machine को खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन, 2063 र सार्वजनिक खरिद नियमावली, 2064. लगायतका प्रचलित कानूनको प्रतिकुल हुने गरी उक्त खरिद कार्यको लागि Mammography Machine, Accessories, Training लगायतका 12 बुदाँ उल्लेख गरी Technical Specification तयार गरेकोमा उक्त Technical Specification राष्ट्रसेवक प्रतिवादीहरुले अधिकार प्राप्त अधिकारीवाट स्वीकृत नै नगरी नगराई बदनियत राखि लागत अनुमान तयार गर्न गराउन भनी ठेक्का प्राप्त गरेका कम्पनीका संचालक सुन्दर भुसाल संस्थापक संचालक भएको म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रा.लि., शुभ बायो मेडिकल कन्सर्न प्रा.लि. र भाइव बायोमेडिकल कन्सर्न प्रा.लि.समेत सँग दररेट माग गरे गराएकोमा उक्त कम्पनीहरुले प्राविधिक स्पेसिफिकेशन बमोजिमको Mammography Machine, Accessories, Training लगायतका 12 वटा बुदाँमा शीर्षकगत Break Down किटान भए बमोजिम शीर्षकगत छुट्टाछुट्टै दररेट पेश नगरी नगराई बदनियत राखि एकमुष्ट दररेट उक्त कम्पनीहरुवाट प्राप्त गरी गराई शुभ बायो मेडिकल कन्सर्न प्रा.ली ले पेश गराएको एकमुष्ट मूल्यको दररेटलाई आधार मानी लागत अनुमान तयार गरे गराएको देखिएवाट उक्त ठेक्काको लागत अनुमान तयार गर्ने चरण देखि नै प्रतिवादीहरुको मिलेमतो रहे भएको पुष्टि भएको देखिएको।
स्वास्थ्य सेवा विभागले RFB: DOHS/G/NCB-18/IDA/2080-81, Procurement of Mammography Machine को लागत अनुमान मूल्य अभिबृद्धि कर बाहेक रु.12,75,00,000।- (अक्षरेपी बाह्र करोड पचहत्तर लाख) स्वीकृत गरे गराएकोमा प्रतिवादी सुन्दर भुसाल एकल संचालक रहेको Maxim Incorporation Traders Pvt.Ltd. ले मुल्य अभिबृद्धि कर बाहेक रु.12,55,00,000।00 (अक्षरेपी बाह्र करोड पच्पन्न लाख) कबोल अंक राखि बोलपत्र पेश गरे गराएको देखिएको। उक्त बोलपत्रदाताको कवोल अंक लागत अनुमान भन्दा 1.57% ले मात्र न्यून रहेको देखिएको, अर्थात मूल्याङ्कित रकम लागत अनुमान भन्दा अति न्यून फरक पारी प्रतिवादीहरु बीचको एक आपसमा भएको नियोजित योजना बमोजिम पेश भएको बोलपत्र छनौट भएको देखिएबाट उक्त Mammography Machine खरिदमा शुरु प्रकृयादेखि नै मिलोमतो भएको प्रष्टै देखिएको।
बोलपत्र मूल्याङ्कनको लागि माथि विवेचना गरिए वमोजिमको मिलेमतोमा तयार गरे गराएको लागत अनुमान बनाउने कार्यमा संलग्न स्वास्थ्य सेवा विभागका कर्मचारीहरु मध्येवाट अध्यक्ष डा. श्रवण कुमार थापा, सदस्यहरु भुबन प्रसाद काफ्ले, सिता घिमिरे, सदस्य सचिव सुरेन्द्र प्रसाद चौरसिया रहने गरी राष्ट्रसेवक प्रतिवादीहरुले बदनियत राखि आफू अनुकुलको बोलपत्र मूल्याङ्कन समिति गठन गरी गराई सोही बोलपत्र सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाता भनी छनौट गरे गराई सम्झौताको लागि सिफारिस गरि गराई मिति 2081।02।24 गते सम्झौता गरे गराएको देखिएको। उक्त सम्झौता हुनु भन्दा करिव एक महिना पहिले मिति 2081।01।26 गतेको उत्पादक कम्पनी GENERAL MEDICAL MERATE Italy ले प्रतितपत्र (Letter of Credit) समेत खोल्नको लागि Maxim Incorporation Traders Pvt. Ltd., Kathmandu लाई PROFORMA Invoice no.024783 पठाएको देखिएकोसमेतवाट बोलपत्रदातालाई Technical Specification, लागत अनुमान लगायतका बोलपत्र सम्वन्धी गोप्य रहने विवरणको जानकारी राष्ट्रसेवक प्रतिवादीहरुवाट जानकारी लिई लिन लगाई उक्त बोलपत्रदाता Maxim Incorporation Traders Pvt.Ltd. ले बोलपत्र पेश गरी सम्झौताको लागि छनौट भएको तथ्य देखिएवाट प्रस्तुत RFB: DOHS/G/NCB-18/IDA/2080-81, Procurement of Mammography Machine खरिदमा प्रतिवादीहरुको मिलेमतो रहे भएको तथ्य थप पुष्टि भएको देखिएको।
उक्त उत्पादक कम्पनीले GENERAL MEDICAL MERATE Italy को PROFORMA Invoice अनुसार GIOTTO CLASS 3D (40000), FULL DIGITAL MAMOGRAPHIC UNIT को प्रति यूनिट यूरो 90,000।– को दरले ५(पाँच) वटाको जम्मा यूरो 4,50,000।00 (यूरो चार लाख पचास हजार) कायम गरेको देखिएको। सोही बमोजिम Maxim Incorporation Traders Pvt. Ltd., Kathmandu ले प्रभु बैक लिमिटेडमा LETTER OF CREDIT NO. P00165U361601 DATED 13.06.2024 खोलेको देखिएवाट उक्त सम्झौता बमोजिमको सामाग्रीको उत्पादक कम्पनीलाई भुक्तानी हुने कुल मूल्य यूरो 450,000।– अर्थात ने.रु.6,85,77,342।94 (अक्षरेपी छ करोड पचासी लाख सतहत्तर हजार तिन सय बयालिस रुपैया चौरानब्बे पैसा) मात्र रहेको देखिएकोवाट प्रस्तुत लागत अनुमान मूल्य ने.रु.12,75,00,000।–(अक्षरेपी बाह्र करोड पचहत्तर लाख) अस्वाभाविक रहे भएको तथ्य पुष्टि भई रहेको देखिएको।
उत्पादक कम्पनी GENERAL MEDICAL MERATE Italy ले Invoice no. 1/24/1970 र Invoice no. 1/24/1971, सन् 2024।06।26 (मिति 2081।03।12) गरी दुई वटा Invoice जारी गरेको देखिएको। उक्त Invoice no.1/24/1971 बमोजिमको LETTER OF CREDIT NO. P00165U361601 DATED 13.06.2024 ISSUED BY PRABHU BANK LIMITED बमोजिमको सामान ईटाली देखि सिंगापुर हुँदै काठमाडौँ नेपालसम्म हवाई मार्गबाट TOTAL LC VALUE: EUR 4,50,000 मध्ये आंशिक ढुवानी EUR 2,00,000.00 (PARTIAL SHIPMENT 2,00,000 EURO) हुने भनी उल्लेख भएको देखिएको। साथै, Invoice no.1/24/1970 बमोजिमको LETTER OF CREDIT NO. P00165U361601 DATED 13.06.2024 ISSUED BY PRABHU BANK LIMITED बमोजिमको सामान ईटाली देखि सिंगापुर हुँदै कलकत्ता भारतबाट काठमाडौँ नेपालसम्म सुख्खा बन्दरगाहबाट TOTAL LC VALUE: EUR 4,50,000 को आंशिक ढुवानी (PARTIAL SHIPMENT 2,50,000 EURO) हुने भनी स्पष्ट उल्लेख भएको देखिएको। यसरी जम्मा यूरो 450,000 मध्ये यूरो 200,000 बमोजिमको सामान ढुवानीको माध्यम हवाईजहाज र बाँकी यूरो 250,000 बमोजिमको सामान पानीजहाज तथा सडक मार्ग हुदै सुख्खा बन्दरगाह मार्फत आपूर्ति गर्ने गरी उत्पादक कम्पनी GENERAL MEDICAL MERATE Italy ले Invoice जारी गरेको देखिएबाट सम्झौता बमोजिमको सामान दुई चरणमा आपूर्ति भएको तथ्य पुष्टि भई रहेको देखिएकोमा मिति 2081।03।23 गते पहिलो चरणमा आपूर्ति भएको सामाग्रीलाई सम्झौता बमोजिम सम्पूर्ण सामाग्री आएको भनी झुट्टा बिल बिजक तथा गलत प्रतिवेदनसमेतका आधारमा गलत कार्य स्वीकार प्रतिवेदन प्रतिवादीहरुको आपसी मिलेमतोमा जानी जानी तयार गरे गराएको तथ्य स्थापित भई रहेको देखिएको।
उत्पादक कम्पनी GENERAL MEDICAL MERATE ITALY ले दिएको CERTIFICATE OF ORIGIN को पत्र विवरणमा ACCESSORIES GIOTTO CLASS 3D (40000) पहिलो चरणमा पठाएको तथ्य देखिएको। साथै, मिसिल संलग्न GENERAL MEDICAL MERATE Italy ले जारी गरेको मेसिन प्याकीङ्ग विवरणमा प्रति सेट ३ वटा क्रेट रहेको र उक्त क्रेटहरुको Net तौल 78 के.जी., 76 के.जी. र 89 के.जी. रहेको उल्लेख भएको देखिएको। निजामति कर्मचारी अस्पताल, मिनभवन, काठमाडौँबाट प्राप्त Operator’s Manual अनुसार उक्त मेशिनको तौल 300 के.जी. भएको र उक्त अस्पतालमा Mammography Machine सिंगो प्राप्त भएको भनी उल्लेख भएको देखिएबाट पहिलो चरणमा आएको सम्झौता बमोजिमको सामाग्री Accessories नै हो भन्ने पुष्टि भएको देखिएको। सोही विषयको सम्बन्धमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट प्राप्त GENERAL MEDICAL MERATE ITALY को CERTIFICATE OF ORIGIN को पत्रमा अन्य व्यहोरा हुवहु राखी MODEL: ACCESSORIES GIOTTO CLASS 3D (40000) को स्थानमा व्यहोरा परिवर्तन गरी गराई MODEL: Gitto Class 3D (40000) उल्लेख गरेको देखिने गरी झुट्टा तथा नक्कली कागज तयार गरी गराई पहिलो चरणमा आएको सामाग्री Accessories नभई Mammography Machine नै हो भनी देखाई सोही गलत कागजात प्रतिवादीहरुले जानी बुझी अनुगमन तथा परीक्षण गर्ने अन्य निकायलार्इ ठीक हुन भनी झुक्याउने बदनियत राखी स्वास्थ्य सेवा विभागको अभिलेखमा राखेको भन्ने तथ्य उक्त विभागबाट प्राप्त पत्र कागजातबाट पुष्टि भएको देखिएको।
उत्पादक कम्पनी GENERAL MEDICAL MERATE Italy ले दिएको CERTIFICATE OF ORIGIN को पत्र विवरणमा MODEL: GIOTTO CLASS 3D (40000) दोस्रो चरणमा पठाएको तथ्य देखिएको। साथै, मिसिल संलग्न GENERAL MEDICAL MERATE Italy ले जारी गरेको मेसिन प्याकीङ्ग विवरणमा १ सेटको १ वटा क्रेट रहेको र हरेक क्रेटको Gross तौल 382 के.जी. र Net तौल 273 के.जी. रहेको उल्लेख भएको देखिएको। उक्त तथ्यको सम्बन्धमा निजामति कर्मचारी अस्पताल, मिनभवन, काठमाडौँबाट प्राप्त Operator’s Manual अनुसार उक्त मेशिनको तौल 300 के.जी. भएको र उक्त अस्पतालमा Mammography Machine सिंगो प्राप्त भएको भनी उल्लेख भएको देखिएबाट दोस्रो चरणमा मिति 2081।05।31 गते आएको सम्झौता बमोजिमको सामाग्री Mammography Machine नै हो भन्ने पुष्टि भई रहेको देखिएकोवाट प्रतिवादीहरुले बदनियत राखि पहिलो चरणमा आएको सामाग्रीहरु ठेक्का सम्झौता बमोजिमको सम्पूर्ण सामाग्रीहरु हो भनी गलत दाखिला प्रतिवेदन र Post Shipment Inspection Report, झुट्टा बिल बिजक लगायत तयार गरे गराएको तथ्य पुष्टि भई रहेको देखिएको।
आपूर्तिकर्ता/ठेकेदार Maxim Incorporation Traders Pvt.Ltd का संचालक सुन्दर भुसाल नै संस्थापक संचालक भएको शुभ बायो मेडिकल कन्सर्न प्रा.ली वाट प्राप्त दररेटलाई आधार लिई राष्ट्रसेवक प्रतिवादीहरुले बदनियत राखि मूल्य अभिबृद्धि कर तथा अन्य खर्च समेत गरी जम्मा लागत अनुमान रु.14,4३,75,000।–(अक्षरेपी चौध करोड त्रिचालिस लाख पचहत्तर हजार) स्वीकृत गरे गराएको देखिएकोमा उक्त सामाग्री सोही आपूर्तिकर्ता Maxim Incorporation Traders Pvt.Ltd ले आपूर्तिगर्दा उक्त सम्झौता बमोजिमको सामान भन्सार शुल्क र मूल्य अभिवृद्धी कर सहितको मूल्य रु.8,13,67,019।94 (अक्षरेपी आठ करोड तेह्र लाख सत्सठ्ठी हजार उन्नाईस रुपैया चौरान्नब्बे पैसा) मा आयात भएको देखिएवाट प्रतिवादीहरु आफूहरुले गैरकानूनी लाभ र नेपाल सरकार/सार्वजनिक संस्था/स्वास्थ्य सेवा विभागलाई गैरकानूनी हानिनोक्सानी गर्ने गराउने बदनियतले मूल्य अभिबृद्धि कर तथा अन्य खर्च समेत कट्टा गरी करिव रु. 6,30,07,980।06 (अक्षरेपी छ करोड तिस लाख सात हजार असी रुपैया छ पैसा) मूल्य वरावर आपूर्तिकर्तालाई नाफा लिई लिन लगाई सोही रकमवाट राष्ट्रसेवक प्रतिवादीहरुले लाभ लिने दिने बदनियतले अस्वभाविक लागत अनुमान तयार गरे गराएको तथ्य स्थापित भएको देखिएको। उक्त तथ्यलाई महालेखापरीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदन आर्थिक वर्ष 2080/81 मा मेमोग्राफि मेसिन खरिदमा आपूर्तिकर्ताले विभागले यथार्थपरक लागत अनुमान तयार गर्न नसकेको भन्नेसमेत कैफियत देखाएकोसमेतवाट थप पुष्टि भएको देखिएको।
उक्त तथ्यको सम्बन्धमा थप हेर्दा Maxim Incorporation Traders Pvt.Ltd. (स्थायी लेखा नं 603500835) ले मिति २०८१।03।२४ गते प्रज्ञापन पत्र नं. M32194 अनुसार मूल्य अभिवृद्धि कर समेत रु.3,58,80,107।69 (अक्षरेपी तीन करोड अन्ठाउन्न लाख असी हजार एक सय सात रुपैया उनान्सत्तरी पैसा) को सामान र मिति २०८१।06।0८ गते प्रज्ञापन पत्र नं. M17563 अनुसार मूल्य अभिवृद्धि कर समेत रु.4,54,88,054।38 (अक्षरेपी चार करोड चौवन्न लाख अठासी हजार चौवन्न रुपैया अठ्तीस पैसा) को सामान आम्दानीको अभिलेख राखेको भन्ने तथ्य आन्तरिक राजस्व विभागवाट प्राप्त Maxim Incorporation Traders Pvt.Ltd. खरिद खाताबाट देखिएको। तर आपूर्तिकर्ता/ठेक्का प्राप्त गर्ने Maxim Incorporation Traders Pvt.Ltd. ले मिति 2081।03।24 गते MITPL-208 को झुट्टा कर विजकबाट स्वास्थ्य सेवा विभागलाई मूल्य अभिवृद्धि करसमेत रु.14,18,15,000।–(अक्षरेपी चौध करोड अठार लाख पन्ध्र हजार) को सामान विक्रि गरेको अभिलेख राखी विक्रि खातामा झुट्टा विवरणको अभिलेख प्रविष्ट गरे गराएको तथ्य देखिएको।
यसरी माथि विवेचना गरिए वमोजिम मिति 2081।03।24 गते भन्सार प्रज्ञापन पत्र नं. M32194 बाट RFB:
DOHS/G/NCB-18/IDA/2080-81, Procurement of Mammography Machine अन्तर्गत Mammography Machine को Accessories मात्र प्राप्त भएको अवस्थामा स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र प्रसाद चौरसियाले मिति 2081।0३।24 गते बायोमेडिकल ईन्जिनियरद्वय आशिष चौहान र पध्मा मिश्रलाई 3D Mammography Machine प्राविधिक स्पेसिफिकेशन अनुसार भए नभएको Post Shipment Inspection कार्य गरी सोको प्रतिवेदन पेश गर्न पत्राचार गरे गराएको देखाई निज बायोमेडिकल ईन्जिनियरद्वय आशिष चौहान र पध्मा मिश्रसमेतले सोही मिति 2081।0३।24 गते नै आपूर्तिकर्ताबाट प्राप्त नै नभएको सामान प्राप्त भएको भनी Sample Fully Digital 3D Mammography मेसिनको भौतिक परीक्षण गर्दा बोलपत्रको स्पेसिफिकेशनमा माग भए बमोजिम नै रहेको भनी Technical Evaluation को Compliance Sheet सहित गलत प्रतिवेदन पेश गरे गराएको देखिएको। यसरी आपूर्ति नै नभएको सामानको बदनियत राखी Post Shipment Inspection प्रतिवेदन पेश गर्न आदेश दिने र उक्त प्रतिवेदन तयार गरी गराई पेश समेत गरे गराएको देखिएको। सोही Post Shipment Inspection प्रतिवेदनसमेतलाई आधार लिएको देखाई स्वास्थ्य सेवा विभाग, केन्द्रीय स्टोर, पथलैया, बाराका जनस्वास्थ्य निरीक्षक संजय कुमार साहले आपूर्ति नै नभएको ५ (पाँच) थान Mamography machine प्राप्त भएको भनी गलत दाखिला प्रतिवेदन नं. X1703/80/81/050 मिति 2081।03।24 गते नै तयार गरी गराई उक्त दाखिला प्रतिवेदन वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. सुरेन्द्र प्रसाद चौरसियाले जाँच गरेको देखाई निर्देशक डा. श्रवण कुमार थापाले बदनियत राखी स्वीकृत गरेको देखिएको। साथै Maxim Incorporation Traders Pvt.Ltd.ले Invoice No. MITPL-208-80/81, मिति 2081।03।24 गते ५ सेट Mammography Machine मूल्य अभिवृद्धि कर समेत गरी रु.14,18,15,000।– (अक्षरेपी चौध करोड अठार लाख पन्ध्र हजार) को झुट्टा बिल बिजक भर्पाई स्वास्थ्य सेवा विभागमा पेश गरे गराएको देखिएको। यसरी माथि उल्लिखित कार्यहरु प्रतिवादीहरुले बदनियत राखि आफूहरुलाई गैरकानूनी लाभ र नेपाल सरकार/सार्वजनिक संस्थालाई हानी पुर्याउने वदनियत राखि एकै मिति 2081।03।24 गते माथि उल्लिखित झुट्टा तथा गलत प्रतिवेदन लगायतका कागजातहरु तयार गरे गराई भुक्तानी लिए दिएको तथ्य पुष्टि भएको देखिएको।
Maxim Incorporation Traders Pvt.Ltd बाट पेश गरे गराएको उक्त झुट्टा व्यहोराको कर विजक, विभागको गलत Post Delivery Inspection(PDI) Report, Ref no 17, 2081.03.24 को झुट्टा कार्य स्वीकार प्रतिवेदन(Acceptance Letter) तथा दाखिला प्रतिवेदनसमेतलाई आधार लिई बदनियत राखी बोलपत्रको SCC 16.1 अनुसार मूल्य अभिवृद्धि कर समेत जम्मा रु.१४,१८,१५,०००।–(अक्षरेपी चौध करोड अठार लाख पन्ध्र हजार) मा १.५ प्रतिशत अग्रिम आयकर लगायतका कट्टा गरी भुक्तानी दिने गरी मिति 2081।०3।24 गते महानिर्देशक डा. संगीता कौशल मिश्राले निर्णय गरेको देखिएको।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका निर्देशक डा.श्रवण कुमार थापाले आर्थिक प्रशासन शाखालाई MS MAXIM Incorporation traders Pvt ltd को भुक्तानी माग निवेदन, मिति २०८१ असार २४ को झुट्टा बिल विजक नं. MITPL-208-80-81, मिति २०८१।०३।२४ को गलत दाखिला प्रतिवेदन नं. X170380।81-050, बायोमेडिकल इन्जिनियरद्वारा पेश गरे गराएको मिति २०८१।०३।२४ को गलत Post Delivery Inspection(PDI) Report, Certificate of Origin, Warranty letter र गलत Goods Acceptance Certificate सहितका कागजात सहित महानिर्देशक डा. संगीता कौशल मिश्राको मिति 2081।03।24 को निर्णय अनुसार भुक्तानीको लागि आर्थिक प्रशासन शाखामा सिफारिस गरे गराएको देखिएकोमा सोही झुट्टा तथा गलत बिल बिजक र प्रतिवेदन हो भन्ने जानी जानी बदनियत राखि आर्थिक प्रशासन शाखाबाट गोश्वरा भौचर नं. 73 मिति 2081।03।24 मा ठेक्का नं. DOHS/G/NCB-18/IDA/2080-81 को सम्झौता बमोजिम M’S Maxim Incorporation Taders Pvt.Ltd. लाई मूल्य अभिवृद्धि कर लगायतका कट्टा गरी रु.13,37,83,000।- (अक्षरेपी तेह्र करोड सैतिस लाख त्रियासी हजार) भुक्तानी गरे गराएको देखिएको।
यसरी माथि विवेचना गरिए बमोजिम सम्पूर्ण सामान नआएको अवस्थामा सम्झौता बमोजिमको सम्पूर्ण सामाग्री आएको भनी जानी जानी बदनियतपूर्वक झुट्टा बिल विजक, गलत प्रतिवेदन समेतको आधारमा मिति 2081।03।24 गते भुक्तानी दिई सके पश्चात दोस्रो चरणको सामाग्रीहरु Invoice no.1/24/1970 बाट ईटाली देखि सिंगापुर हुँदै कलकत्ता भारतबाट काठमाडौँ नेपालसम्म सुख्खा बन्दरगाहबाट TOTAL LC VALUE: EUR 4,50,000 को आंशिक ढुवानी (PARTIAL SHIPMENT 2,50,000 EURO) भएको देखिएको। भन्सार कार्यालयवाट प्राप्त प्रतितपत्र बमोजिम उक्त सामान सुख्खा बन्दरगाह भन्सार कार्यालयमा मिति 2081।05।31 आएकोमा आपूर्तिकर्ताले मिति 2081।06।08 गते छुटाई लिई गएको देखिएको। बोलपत्रसँग सम्बन्धी कागजातको Special Condition of Contract (SCC) को GCC 16.1 मा On Acceptance सम्बन्धमा Hundred (100) percent of the Contract Price of Goods received shall be paid within thirty (30) days of receipt of the Goods upon submission of claim supported by the acceptance certificate issued by the Purchaser भनी उल्लेख भएको र GCC 27.1 मा The liquidated damage shall be: 0.5% per week भनी स्पष्ट व्यवस्था भएकोमा सोही बमोजिम सम्झौता समेत भएको देखिएवाट उक्त अवधी 11 हप्ताको सम्झौता वमोजिमको प्रति हप्ता रु.627,500।–(अक्षरेपी छ लाख सत्ताईस हजार पाँच सय) का दरले Liquidated Damage वापत रु.69,02,500।– (अक्षरेपी उनान्सत्तरी लाख दुई हजार पाँच सय) हर्जाना/क्षतिपूर्ति रकम राज्यकोषमा दाखिला नभई हानिनोक्सानी भएको समेत गरी जम्मा विगो रु. 1४,06,85,500।- (अक्षरेपी चौध करोड छ लाख पचासी हजार पाँच सय) निज प्रतिवादीहरुले बदनियत राखी आफू तथा अन्य प्रतिवादीहरु समेतलाई गैरकानूनी लाभ प्राप्ति हुने र नेपाल सरकार/स्वास्थ्य सेवा विभागलाई गैरकानूनी हानीनोक्सानी गरे गराएको प्रष्टै देखिएको।
स्वास्थ्य सेवा विभागले ड्राईपोर्ट कस्टम अफिस, सिरसिया वीरगंजलाई च.नं.२२०२, मिति २०८१।०५।३० गते मेमोग्राफी मेसिन ५ Set तथा Accessories खरिदको लागि महाशाखा र Maxim Incorporation Traders Pvt Ltd बीच मिति ६ जुन २०२४ मा भएको सम्झौता अनुसारका मेमोग्राफि मेसिन ५ थान (उत्पादक IMS Giotto SPA-GMM. Model: Giotto Class 40000 Series: Proforma Invoice Number: 024783 dated 08.05.2024) आयातकर्ता Maxim Incorporation Traders Pvt. Ltd मार्फत तहाँ भन्सार कार्यालय मार्फत आउने जानकारी प्राप्त भएको हुँदा सो मेसिनहरु सम्झौताको आधारमा यस महाशाखाबाट तोकिएको सरकारी स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराइने भएको हुदा सोको आयात अनुमति प्रदान गरिएको ब्यहोरा अनुरोध छ भनी लेखेको पत्र भन्सार विभागको च.नं. 229, मिति 2081।12।31 गतेको पत्रसाथ प्राप्त भएको र सोही पत्रको आधारमा श्री ड्राईपोर्ट कस्टम अफिस, सिरसिया वीरगंजबाट भन्सार प्रज्ञापन पत्र नं. १७५६३ मा उल्लिखित सामानहरु मिति २०८१।०५।३१ गते Maxim Incorporation Traders Pvt Ltd ले छुटाई लगेको र खरिद खातामा मिति २०८१।०६।०८ गते आम्दानीको अभिलेख समेत राखेको तथ्य माथि विवेचित प्रमाणबाट पुष्टी हुन आएकोबाट स्वास्थ्य सेवा विभागलाई उल्लिखित पत्र उपलब्ध गराउन अनुसन्धानको क्रममा पत्राचार भएकोमा स्वास्थ्य सेवा विभागबाट च.नं. 234 मिति 2082।05।17 को पत्रबाट उल्लिखित च.नं. 2202 मिति 2081।05।30 को ड्राइपोर्ट कस्टम अफिस सिर्सिया वीरगँजलाई यस विभागबाट लेखिएको भनिएको पत्र खोज तलाश गर्दा फाइलमा नभेटिएको भनि पत्राचार गरेको देखिएवाट सत्यतथ्य प्रमाण मेटाउने तथा लुकाउने कलुषित मनसाय राखि बदनियत साथ उक्त कार्य गरेको देखिएको।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) को देहाय (ग) अनुसार खरिद सम्झौता कार्यान्वयन गर्दा सारभूत त्रुटि गरेको वा सम्झौता अनुरुपको दायित्व सारभूत रुपमा पालना नगरेकोसमेतमा त्यस्तो आपूर्तिकर्तालाई कालोसूचीमा राख्नको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा लेखि पठाई आपूर्तिकर्ताले राखेको कार्य सम्पादन जमानत जफत गर्नु पर्ने कानूनी व्यवस्था रहेको देखिएवाट RFB: DOHS/G/NCB-18/IDA/2080-81, Procurement of Mammography Machine को ठेक्का सम्झौता शर्त बमोजिम मिति 2081।03।10 गते सम्पूर्ण सामाग्री आपूर्ति गर्न पर्नेमा मिति 2081।03।23 गते सम्ममा पहिलो चरणको Accessories मात्र आपूर्ति गरेकोले उक्त अवधीको हर्जाना/क्षतिपूर्ति लगाएको देखिएको र अन्य सामाग्री नेपालमा कहिले आपूर्ति हुने हो भन्ने यकिन नभएकोवाट उल्लिखित कानूनी व्यवस्था बमोजिम सम्झौता बमोजिमको सामाग्री समयमा नै आपूर्ति नगरी सम्झौताको शर्त बमोजिम नगरेको कारणवाट Maxim Incorporation Traders Pvt.Ltd लाई कालोसूचीमा राखि कार्य सम्पादन जमानत रकम रु.1,41,81,500।–(अक्षरेपी एक करोड एकचालिस लाख एकासी हजार पाँच सय) जफत हुने देखिएको अवस्थामा Maxim Incorporation Traders Pvt.Ltd लाई हुने हानिनोक्सानीवाट बच्न/छल्नको लागि निज प्रतिवादी सुन्दर भुसालले राष्ट्रसेवक प्रतिवादीहरुसँगको मिलेमतोमा प्रतिवादीहरुलाई गैरकानूनी लाभ र नेपाल सरकार/स्वास्थ्य सेवा विभागलाई गैरकानूनी हानिनोक्सानी पुर्याउने बदनियतले सम्झौताको शर्त बमोजिमको मिति 2081।03।23 गते सम्पूर्ण सामाग्री नआएको अवस्थामा माथि विवेचना गरिए बमोजिम सम्झौता बमोजिमको सम्पूर्ण सामान आएको भनी झुट्टा विल बिजक भर्पाई तथा गलत प्रतिवेदनसमेतको आधारमा भुक्तानी लिने दिने कार्य गरेको तथ्य देखिएको।
अत: माथि विवेचित आधार प्रमाणहरुबाट स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रा, व्यवस्थापन महाशाखाका निर्देशक डा. श्रवण कुमार थापा, निर्देशक डा. विवेक कुमार लाल, वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्र प्रसाद चौरसिया, शाखा अधिकृत यादव प्रसाद सापकोटा, वरिष्ठ जनस्वास्थ्य अधिकृत दिपक अधिकारी, प्रमुख लेखा नियन्त्रक भुबन प्रसाद काफ्ले, कानून अधिकृत सिता घिमिरे, लेखा अधिकृत शम्भु प्रसाद ढकाल, बायोमेडिकल ईन्जिनियर आशिष चौहान, बायोमेडिकल ईन्जिनियर पध्मा मिश्र, लेखापाल तिलक राम ढकाल र म्याक्सिम ईनकर्पोरेशन ट्रेडर्स प्रा.लि. तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने संस्थापक सुन्दर भुसालसमेतको आपसी मिलेमतो तथा योजनामा राष्ट्रसेवक प्रतिवादीहरुले आफ्नो पद ओहदाको दुरुपयोग गरी गराई राष्ट्रसेवक प्रतिवादीहरुको आफ्नो जिम्मा रहेको सरकारी सार्वजनिक सम्पत्ती आफू तथा अन्य प्रतिवादीहरुसमेतलाई गैरकानूनी लाभ र नेपाल सरकार/सार्वजनिक संस्थालाई गैरकानूनी हानिनोक्सानी पुर्याउने बदनियतले माथि उल्लिखित एवं विवेचना गरिए बमोजिम खरिद प्रक्रिया एवं कार्यमा खरिदको लागत अनुमान तयार गर्दा अस्वभाविक किसिमबाट बनाएको एवं बनाउन लगाएको, सम्झौताको शर्त विपरीत कार्य गरे गराएको, झुट्टा बिल बिजक भर्पार्इ बनार्इ बनाउन लगाई भुक्तानी दिने लिने गरे गराएको, माल सामान खरिद गर्दा अस्वभाविक रुपमा बढी मूल्य तिरी खरिद गरे गराएको सबै कार्य कसूरमा प्रतिवादीहरु केहीमा प्रत्यक्ष र केहीमा परोक्ष तवरले संलग्न रहेको उल्लिखित सवूद प्रमाणबाट पुष्टी भएकोले निज प्रतिवादीहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) को देहाय (क), (ग), (ङ) (ञ) र दफा १९ को उपदफा (2) समेतको कसूरजन्य कार्य भएको हुँदा देहाय प्रतिवादीहरूउपर देहाय बमोजिमको कसूरमा देहाय बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

