राष्ट्रियस्तरका विकास बैंकहरुको पनि घट्यो नाफा, कुनको कति ?

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुको पनि नाफामा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विकास बैंकहरुको चालु आर्थिक वर्षको २ महिनामा १ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९.९४ प्रतिशत कम हो । गत वर्ष बैंकहरुले समग्रमा १ अर्ब ६२ करोड नाफा कमाएका थिए ।

८ वटा बैंकमध्ये ३ वटाको मात्र नाफा बढेको छ । मुक्तिनाथ, कामना सेवा र सांग्रिला डेभलपमेन्ट बैंको मात्र नाफा बढेको छ । अरु राष्ट्रियस्तरका विकास बैंकहरुको भने नाफा घटेको छ । यसअवधिसम्म आइपुग्दा सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले ३६ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ ।

गरिमाले २७ करोड ४६ लाख, कामना सेवाले १७ करोड ७७ लाख नाफा कमाएको छ । सबैभन्दा कम लुम्बिनी विकासले ३ करोड ६६ लाख नाफा कमाएको राष्ट्र बैंकको तथ्यांक छ । खर्ब कर्जाको वृद्धि, कम कर्जा प्रवाह र इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा दबाब परेको हो । आम्दानीको थुप्रै रकम इम्पेयरमेन्ट चार्जलाई छुट्याउनु पर्दा नाफामा दबाब परेको हो । यता, वाणिज्य बैंकहरुको पनि नाफामा केही गिरावट देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार