काठमाडौं । युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ११ गते बुकक्लोज गर्दैछ । कात्तिक १० गते छठ पर्वको सार्वजनिक बिदा भएका कारण आइबारसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले कात्तिक २५ गते, मंगलबार, द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौँमा ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा दिउँसो साढे ४ बजे शुरु हुनेछ । सभामा कम्पनीले प्रतिकित्ता १८४२ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

