ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सूनचाँदीको मूल्यमा गिरावट आएको छ । गत कार्तिक ३ गते प्रति तोला २ लाख ५३ हजार ५ सय रहेको छापावाल सुनको मूल्य आज प्रति तोला आज ह्वात्तै घटेर प्रतितोला २ लाख ४१ हजार ९ सय कायम भएको छ । कार्तिक ३ गते प्रति १० ग्राम २ लाख १७ हजार ३ सय ५० रहेको छापावाल सुन आज २ लाख ७ हजार ३ सय ९० रहेको  छ ।

गत हप्ता ३ हजार २ सय ८० रुपैँया मूल्य कायम भएको चाँदीको मूल्य आज २सय ६५ रुपैँयाले घटेर प्रति तोला ३ हजार १५ रुपैँया मूल्य कायम भएको छ आज प्रति १० ग्राम चादीको मूल्य २ हजार ५ सय ८५ रुपैँया तोकिएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेपनि नेपालमा भने चाडपर्व बिदाले कारोवार नभएकोले बढेको मु॥य कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार