मुलुकको व्यापार घाटा १२ प्रतिशतले बढ्यो, ३ खर्ब ९५ अर्ब पुग्यो व्यापार घाटा

काठमाडौं । नेपालले तेस्रो मुलुकसँगको व्यापार घाटा १२.१८ प्रतिशतले बढेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशको व्यापार घाटा करिब ४ खर्ब पुगेको छ ।

विभागका अनुसार अघिल्लो वर्ष ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ व्यापार घाटा रहेकोमा १२.१८ प्रतिशतले बढेर ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबर व्यापार घाटा पुगेको छ ।

चालु वर्षको तीन महिनाको अवधिमा ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । जसमध्ये ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँको आयात भएको छ भने ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । यसमध्ये आयात ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ बराबरको आयात भएको थियो भने ३८ अर्ब ३७ करोड रुपैयाँको निर्यात भएको थियो ।
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.४६ प्रतिशत र आयातको हिस्सा ८६.५४ प्रतिशत रहेको छ ।

तेस्रो मुलुकबाट आयात गरिने सामग्रीहरुमा भने उच्च परिमाणमा पेट्रोलियम पदार्थ, फलाम तथा स्टिल र तिनका उत्पादनहरु, मेसिनरी तथा पाट्र्स, यातायातका साधन र तिनका पार्टस्, भटमास, दूरसञ्चारका सामग्री, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री, पामलगायतका सामग्री छन् ।

उद्योगभन्दा ट्रेडिङ नीति, पारवहान लागत, प्रविधिको कमी र तुलनात्मक लाभका वस्तु परिमार्जित नहुदाँ व्यापार बढ्न नसकेको जानकारहरु बताउछन् । कृषिप्रधान मुलुक भन्ने कृषि उत्पादनमा जोड नदिदाँ आयात उच्च भएको बताउँछन व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्वनायब कार्यकारी निर्देशक डा. समुन रेग्मी बताउछन् । उनले अधिकांश निर्यातयोग्य वस्तुहरु आयातीत कच्चा पदार्थमा र न्यूनतम मूल्य अभिवृद्धिमा आधारित हुदाँ व्यापार घाटामा कमी आउन नसकेको बताए । निर्यातयोग्य कृषि क्षेत्रका वस्तुहरुका व्यावसायिक उत्पादन हुन नसक्नु अर्को समस्या रहेको उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार