काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज महिनामा तीन करोड ४२ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ ।
कम्पनीले असोज महिनामा ११२ वटा बीमा दावी भुक्तानी बापत उक्त दावी भुक्तानी गरेको जानकारी दिएको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कुल १५ करोड २४ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरको छ । यस अवधिमा कम्पनीले कुल ४५२ वटा बीमा दावी फछ्र्र्याैट गरेको छ ।

