बैंकहरुको भन्दा फाइनान्स कम्पनीहरुको एनपीएल २ गुणा बढी, किन देखियो यस्तो ?

काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य र विकास बैंकहरुको समग्र औसत एनपीएल भन्दा फाइनान्स कम्पनीहरुको एनपीएल २ गुणा बढी देखिएको छ । पछिल्ला वर्षहरुको तथ्यांक अनुसार बैंकहरुको भन्दा फाइनान्सहरुको एनपीएल २ देखि ३ गुणा बढी देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार समग्रमा फाइनान्स कम्पनीहरुको निष्कृय कर्जा अनुपात गत असारसम्म ११.०५ प्रतिशत (Ag देखिएको छ ।

जबकि, वाणिज्य र विकास बैंकहरुको उक्त कर्जा अनुपात क्रमशः ४.४४ प्रतिशत र ५.०३ प्रतिशत देखिएको छ । आर्थिक वर्ष २०७०-७१ मा वाणिज्य बैंकको एनपीएल २.९३ प्रतिशत थियो । विकास बैंकको निष्कृय अनुपात ४.१४ थियो भने फाइनान्सहरुको उक्त अनुपात १३.७५ प्रतिशत थियो । यसअवधिसम्म आइपुग्दा ११.०५ प्रतिशत पुगेको छ । यसबीच थुप्रै उतारचढाव आएपनि फाइनान्सहरुको एनपीएल बैंकहरुको भन्दा २ गुणा बढी नै छ ।

त्यसो त, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको एनपीएल ह्वातै बढेको छ । ऋणीले सावा ब्याज नतिर्दा नै खराब कर्जा बढेको हो । देशमा देखिएको मन्दी र आर्थिक अवस्थाका कारण व्यापार व्यवसाय सुस्त छ । जसले गर्दा ऋणहरुले ब्याज भुक्तानी गर्न नै सकेका छैनन् । त्यसैले नै खराब कर्जा बढेको हो ।

‘अर्थतन्त्र मन्दीमा गएर व्यवसायमा सुस्तता छ । त्यसले सबैमा असर गरेको देखिन्छ । बैंक वित्तीय संस्थाहरुले ऋणको सावा ब्याज उठाउन सकेका छैनन् । त्यसैले अहिले एनपीएल बढेको हो, ‘राष्ट्र बैंकका एक अधिकारिले बताए, ‘अहिले बैंकहरुको पनि एनपीएल बढेको छ । तर, फाइनान्सको यसरी धेरै अंकले बढ्नुमा केही सीमित फाइनान्सको एनपीएल धेरै भएको कारणले पनि हो । त्यसैले पनि समग्रमा सबै फाइनान्सहरुको निष्कृय कर्जा बढेको छ।”

त्यसो त, पोखरा फाइनान्सको एनपीएल २९.०६ प्रतिशत, जानकी फाइनान्सको ४८.६१ प्रतिशत, गोर्खाजको १६.१०, सेन्ट्रल फाइनान्सको १४.१८ प्रतिशत एनपीएल छ । यी संस्थाहरुको निष्कृय कर्जा बढी भएको कारण समग्र फाइनान्स कम्पनीहरुको औसत एनपीएल धेरै देखिएको हो । यता, अरु फाइनान्सहरुको एनपीएल पनि खासै राम्रो छैन । एकात संस्था बाहेक सबैको ५ प्रतिशत भन्दा धेरै छ ।

फाइनान्स कम्पनीहरुले प्रायः साना व्यवसाय, खुद्रा व्यापार जस्ता क्षेत्रमा लगानी गर्छन् । यी क्षेत्रहरुमा आयको स्रोत अस्थिर हुने, व्यापारिक जोखिम उच्च हुने र ऋण तिर्ने क्षमता सीमित हुने गर्छ । त्यसैले यस्तो ऋण फिर्ता नआउने सम्भावना बढी रहन्छ ।

वाणिज्य र विकास बैंकहरुले ऋणीको आर्थिक स्थिति राम्रोसँग मूल्यांकन गर्छन् । तर फाइनान्स कम्पनीहरुमा त्यस्तो गरिएको पाईंदैन । धेरैजसो अवस्थामा ऋण वितरण अनुभव, सिफारिस वा सम्बन्धमा आधारित हुने भएकाले गलत मूल्यांकनका कारण ऋण असुल नहुने अवस्था पनि आउने जानकारहरु बताउँछन् ।

कुन वर्ष कति थियो बैंक तथा वित्तीय संस्थाहरुको एनपीएल ?

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार