सामान्य अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । तिहार बिदा पछि पहिलो दिन खुलेको शेयर बजार सामान्य बढेको छ । आइतबार नेप्से परिसूचक ५.१९ अंकले बढेर २५०९.०४ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स ०.६० अंकले घटेर ४३७ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स स्थिर हुँदा सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.१५ अंकले घटेर १४८.१७ विन्दुमा पुगेर बन्द भएको हो ।

आइतबार ३१३ वटा कम्पनीको २७ हजार ८८९ पटक धितोपत्र कारोबार हुँदा ५५ लाख ९६ हजार ७७ कित्ता शेयर खरिद बिक्री भएको छ । कारोबार रकम भने २ अर्ब ६६ करोड १३ लाख पुगेको छ । जुन गत आइतबारको तुलनामा १३ करोड ३९ लाखले करोबार रकम कम हो ।

तिहार अघिको अन्तिम कारोबार दिन ३१३ वटा कम्पनीको ५५ लाख ९६ हजार ७७ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम २ अर्ब ७९ करोड ५२ लाख पुगेको थियो ।

आइतबार ९८ वटा कम्पनीको शेयर मूल्य बढ्दा १४६ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको शेयर स्थिर रहेको छ ।

यस दिन ५ वटा समूह बढ्दा ८ वटा समूह घटेको छ । जीवन बीमा ८९, उत्पादन र प्रशोधन २, निर्जीवन बीमा ९, व्यापार ३१ र अन्य समूह ६९ अंकले बढेको छ । बैंकिङ ५, विकास बैंक १५, वित्त १६, होटल र पर्यटन ३४, जलविद्युत ११, लगानी ०.३४, लघुवित्त ११ र म्युअुचल फण्ड ०.०४ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्योरेन्स, सिद्धार्थ बैंक डिबेन्चर, युनियन हाइड्रोपवार लिमिटेड, हिमालयन पावर पार्टनर र हिमालयन डिष्ट्रीलरी रह्यो । नेपाल रिइन्स्योरेन्सको ३२ करोड ४९ लाख, सिद्धार्थ बैंक डिबेन्चरको २३ करोड ६४ लाख, युनियन हाइड्रोपवार लिमिटेडको १८ करोड ७० लाख, हिमालयन पावर पार्टनरको १० करोड ४८ लाख र हिमालयन डिष्ट्रीलरीको ९ करोड ३५ लाख बराबर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार